logo

सोमबार, मंसिर ८ २०८३

kantipurpationlinetv

२०८३ मंसिर ८ सोमबार

चुमनुब्री गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा नारायणप्रसाद सापकोटा, गाउँपालिकाद्वारा स्वागत

चुमनुब्री गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा नारायणप्रसाद सापकोटा, गाउँपालिकाद्वारा स्वागत


  • शनिबार, असोज १७ २०८३
  • 63
    SHARES

    गोरखा । गोरखाको चुमनुब्री गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा नारायणप्रसाद सापकोटा आएका छन्। सरुवा भएर गाउँपालिकामा आएका सापकोटालाई गाउँपालिका परिवारले स्वागत गरेको छ।

    गाउँपालिकाले एक कार्यक्रमका बिच सापकोटालाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो।

    गाउँपालिकाले सापकोटाको प्रशासनिक अनुभव, कार्यकुशलता र नेतृत्वदायी भूमिकाबाट स्थानीय तहको सेवा प्रवाह थप प्रभावकारी, पारदर्शी र जनमुखी बन्ने विश्वास व्यक्त गरेको छ।

    त्यसैगरी, जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीबीचको समन्वयलाई थप सुदृढ बनाउँदै गाउँपालिकाको विकास तथा समृद्धिको यात्रामा उनको सहकार्य महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

    चुमनुब्री गाउँपालिकाले नयाँ कार्यक्षेत्रमा आएका सापकोटालाई स्वागत गर्दै उनको कार्यकाल सफल र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page