logo

सोमबार, मंसिर ८ २०८३

kantipurpationlinetv

२०८३ मंसिर ८ सोमबार

सातौँ बारपाक सुलिकोट रनिङ शिल्ड प्रतियोगिता सुरु

सातौँ बारपाक सुलिकोट रनिङ शिल्ड प्रतियोगिता सुरु


  • सोमबार, मंसिर ८ २०८३
  • 0.7K
    SHARES

    गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा सातौँ बारपाक सुलिकोट रनिङ शिल्ड प्रतियोगिता–२०८३ सुरु भएको छ । गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टको अध्यक्षतामा आइतबार प्रतियोगिताको उद्घाटन समारोह सम्पन्न भएको हो ।

    उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत सुवास आले, वडाध्यक्ष तथा कार्यपालिका सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, जिल्ला खेलकुद विकास समितिका सदस्य, जनप्रतिनिधि, शिक्षाकर्मी, खेलकुद अफिसियल, सुरक्षाकर्मी, विद्यार्थी खेलाडी तथा खेलप्रेमीको उपस्थिति रहेको थियो ।

    खेलकुदमार्फत स्थानीय प्रतिभाको पहिचान, विद्यार्थीमा अनुशासनको विकास र आपसी एकताको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत सुभाष आलेले जानकारी दिए । उनका अनुसार प्रतियोगिताले विद्यार्थी तथा युवामा खेलकुदप्रतिको आकर्षण बढाउनुका साथै स्थानीयस्तरमा रहेका प्रतिभालाई पहिचान र विकास गर्ने अवसर प्रदान गर्नेछ ।

    गाउँपालिकाले प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गरेको छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page