काठमाडौं । लोक तथा दोहोरी गायक राजकुमार रायमाझीको नयाँ तीज गीत ‘यसपाली तीजमा गरौं रमाइलो’ सार्वजनिक भएको छ। नेपाली मूलकी अमेरिकी नागरिक तथा लोक गायिका डा. आना स्टारसँगको सहकार्यमा तयार पारिएको यो गीत साउन १३ गते सार्वजनिक गरिएको हो।
तीज पर्वको सन्दर्भमा ल्याइएको गीतले माइती जान नपाएका चेलीहरूको भावनालाई उजागर गर्दै, जहाँ छौं त्यहीँ रमाइलो गरौं भन्ने सन्देश दिन खोजिएको छ। पारिवारिक, वैवाहिक र भौगोलिक बाध्यताले तीजको अवसरमा माइती जान नपाउने महिलाहरूको पीडालाई गीतले छुन खोजेको छ।
गीतमा शब्द र लय स्वयं गायक राजकुमार रायमाझीकै रहेको छ। स्वरमा रायमाझीसँगै डा. आना स्टार र टीका आले मगर छन्। भिडिओमा होम धिताल, आना, रायमाझी र आले मगरको अभिनय देख्न सकिन्छ। निर्देशन होम धितालले गरेका हुन् भने सम्पादन रोशन धितालले गरेका छन्।
लोकसंगीतमा पीएचडी गर्ने एकमात्र नेपाली मूलकी अमेरिकी नागरिक डा. आना स्टारले यस गीतमार्फत नेपाली लोक संस्कृतिप्रतिको आफ्नो लगाव झन् प्रगाढ बनाएकी छन्।
गीत राजकुमार रायमाझीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
भिडियो हेर्नहोस्:
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने