logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

टोखामा बाल्यकालको झल्को दिने ‘उबेलाको तिज’ दर खाने तथा सम्मान कार्यक्रम हुने

टोखामा बाल्यकालको झल्को दिने ‘उबेलाको तिज’ दर खाने तथा सम्मान कार्यक्रम हुने


  • शुक्रबार, भाद्र ५ २०८२
  • 7K
    SHARES

    काठमाडौं । टोखा नगरपालिकाको आयोजनामा बाल्यकालको झल्को दिने ‘उबेलाको तिज’ तथा सम्मान र दर खाने कार्यक्रमको आयोजना हुने भएको छ । कार्यक्रम यही भदौ ७ गते काठमाडौंको टोखा नगरपालिकास्थित टिलिङगाटारमा हुने गायक तथा कार्यक्रम व्यवस्थापक नविन पौडेलले बताए ।

    ‘जोगाउँ सम्पदा, संस्कृति र सभ्यता वातावरण संरक्षण गरौ, हरियाली प्रवद्र्धन गरौँ, जिम्मेवार बनी आउँदो पुस्तालाई राम्रो सभ्य र संस्कारयुक्त नेपाल हस्तान्तरण गरौँ भन्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गर्न लागिएको उनले बताए । कार्यक्रममा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई प्राथमिकता तथा सबै उमेर समूहको बृहत जमघट र ५० वर्षभन्दा माथिका अग्रज कलाकारहरुको बेजोड प्रस्तुती रहने उनले जानकारी दिए ।

    उक्त कार्यक्रममा कलाकारहरु हरिदेवी कोइराला, चन्द्रकला शाह, रामप्रसाद खनाल, प्रेमराजा महत, बमबहादुर कार्की, नारायण रायमाझी, जीवन शर्मा, कृष्ण कँडेल (ईन्द्रेणी), रेशम सापकोटा, लक्ष्मी न्यौपाने, शान्ती गुरुङ, माया गुरुङ, सुष्मिता जि. विश्व, जलु गुरुङ, पवित्रा रसाईली, उमा गुरुङ, शिवा आले, बलराम खतिवडा, अमर विरही गुरुङ, प्रजापती पराजुली, दुर्गा रायमाझी, कोमल ओली, ईन्द्र जिसी, पुरुशोत्तम न्यौपाने, नारायण लेकाली, शिवु गिरी, इन्दिरा गोले गुरुङ, चन्द्रा गुरुङ र शान्ता न्यौपानेले सहभागीता जनाएर प्रस्तुती दिने आयोजक पौडेलले बताए ।

    त्यसैगरी बालुमाया गुरुङ, सीता थापा, खड्क बुढा, लिलावती बुढा, तिवारी आमा, ज्योती कोइराला, मच्छेश्वर सापकोटा र शिवनारायण जोशी लगायत कलाकारहरुको पनि सहभागीता रहने व्यवस्थापक पौडेलले बताए ।

    ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राख्दै सबै उमेर समूहका टोखा नगरवासीहरुलाई तिजको दरको साथमा भरपुर मनोरञ्जन प्रदान गरिने गायक पौडेलले बताए । साथै, उक्त कार्यक्रममा कला संस्कृति र समाजसेवाको क्षेत्रमा योगदान दिएका समाजसेवी एवं पत्रकारहरुलाई पनि सम्मान गरिने उनको भनाई छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page