गोरखा: पालुङटार नगरपालिकाले स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) अन्तर्गतको गुणस्तर परीक्षणमा गण्डकी प्रदेशमै उत्कृष्ट उपलब्धि हासिल गरेको छ।
नगरपालिकाको श्रेणीमा पालुङटारले गण्डकी प्रदेशभर प्रथम स्थान प्राप्त गर्न सफल भएको हो। समग्र मूल्याङ्कनको आधारमा पालुङटारले गण्डकी प्रदेशमा तृतीय स्थान तथा गोरखा जिल्लामा समान अंक (८७.७५) सहित पहिलो स्थान प्राप्त गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ।
नगरप्रमुख विवस चिन्तनले यो उपलब्धिलाई सम्पूर्ण पालुङटारवासीका लागि गर्वको विषय भएको उल्लेख गर्दै, “पारदर्शी, उत्तरदायी र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको प्रतिबद्धताको परिणामस्वरूप पालुङटारले यो सफलता प्राप्त गरेको हो,” भने।
उनले थप स्पष्ट पारे, “नीति निर्माणदेखि कार्यान्वयनसम्मको समन्वय, जनप्रतिनिधि, कर्मचारी र समुदायको सक्रिय सहभागिता नै पालुङटारलाई उत्कृष्टतासम्म पुर्याउने मुख्य कारक बनेको छ।”
पालुङटार नगरपालिकाले विगत केही वर्षयता सुशासन, सेवा प्रवाहको गुणस्तर, नागरिक सहभागिता र संस्थागत क्षमता विकासमा निरन्तर सुधार गर्दै आएको छ। अबको चुनौती भनेको हाल प्राप्त उपलब्धिलाई दीगो बनाउँदै सेवा प्रवाहमा नयाँ नविनता र प्रभावकारी कार्यशैली अपनाउनु रहेको जनाइएको छ।
नगरपालिकाले यो सफलतामा सम्पूर्ण नगरवासी, कर्मचारी, जनप्रतिनिधि तथा सहयात्रीहरूलाई धन्यवाद ज्ञापन गर्दै, भविष्यमा अझ उत्कृष्ट र प्रभावकारी सेवा प्रदान गर्ने दृढ संकल्प व्यक्त गरेको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण