काठमाडौं – टोखा नगरपालिका–६, विद्यानगर म.वि. को प्राङ्गणमा आयोजित “बालापनको सम्झना दिलाउने उबेलाको तीज” विशेष सांस्कृतिक कार्यक्रम–२०८२ मा कान्तिपुर पाटी डटकमका संचालक कविराज ढकाललाई सम्मान गरिएको छ।
नेपाली मौलिक कला, संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले आयोजित कार्यक्रममा ढकाललाई उहाँको उल्लेखनीय योगदानको कदर गर्दै सम्मान–पत्र प्रदान गरिएको हो। कार्यक्रममा पुराना मौलिक लोक कला, संस्कृति, गीत–संगीत र साहित्यलाई संरक्षण तथा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइएको थियो।
टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले ढकाललाई सम्मान–पत्र प्रदान गर्दै उहाँको निरन्तर क्रियाशीलताले समाजमा सकारात्मक प्रभाव पारेको बताएका थिए।
सांस्कृतिक कार्यक्रममार्फत महिला, बालबालिका र स्थानीय समुदायबीच आपसी सद्भाव र परम्परागत तीज पर्वको महत्व अझ प्रगाढ बनाउन सकिने आयोजकहरूको विश्वास रहेको छ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने