धादिङ, भदौ ११ – गजुरी गाउँपालिका–१ स्थित रूद्रेश्वर महादेव मन्दिर प्राङ्गणमा आगामी भदौ १८ र १९ गते “पितृ उद्धार तथा १०८ संकल्प अखण्ड हरिनाम संकीर्तन” कार्यक्रम हुने भएको छ।
युवा भजन गुरु तथा गायक निश्चल सिलवालको विशेष संकल्पमा आयोजना हुने यस कार्यक्रमको प्रारम्भ १८ गते बिहान ७ बजे बजार परिक्रमाबाट हुनेछ। त्यसपछि बेलुकी लाखबत्ती प्रज्वलन गरिने र त्यसपछि २४ घण्टा लामो अखण्ड हरिकृतन सञ्चालन गरिने आयोजकले जनाएका छन्।
कार्यक्रममा सहभागी भक्तजनहरूलाई करिब १००० बत्ती ल्याउन आयोजकले अनुरोध गरेका छन्। बत्तीहरू सम्पूर्ण मन्तव्य (इच्छा वा उद्देश्य) सहित ल्याउन आग्रह गरिएको छ।
त्यसै अवसरमा १९ गते “राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान, धादिङ” को प्रथम जिल्ला अधिवेशन पनि आयोजना हुने जनाइएको छ।
कार्यक्रमको मुख्य आयोजना श्री भद्रकाली लोक संस्कृति जगेर्ना केन्द्र, गजुरी–१, मलेखुले गर्ने भएको छ।
सह–आयोजकमा रूद्रेश्वर आमा समूह र रूद्रेश्वर मन्दिर समिति, गजुरी रहेका छन्।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण