logo

मंगलबार, साउन १२ २०८३

kantipurpationlinetv

२०८३ साउन १२ मंगलबार

जन्मदिनमा केक होइन, बिरुवा ! राजधानीदेखि रौतहटसम्म धुमधाम वृक्षारोपण

जन्मदिनमा केक होइन, बिरुवा ! राजधानीदेखि रौतहटसम्म धुमधाम वृक्षारोपण


  • बिहिबार, भाद्र ११ २०८२
  • 14.8K
    SHARES

    काठमाडौं: जन्मदिनलाई खर्चिलो पार्टी होइन, सतकर्मसँग जोड्ने नयाँ अभियान राजधानीदेखि गाउँसम्म फैलिएको छ।

    पञ्चमीको दिन काठमाडौँको पशुपतिनाथ भण्डारखालमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वाचिका राधिका दासी माता र पूर्वसचिव भिम उपाध्यायले रुद्राक्ष, पिपललगायत सयौँ बिरुवा रोपे।

    त्यसैबेला रौतहटको चन्द्रपुर–९ सिन्दुरेघारी चादिखोला किनारमा महेश श्रेष्ठसहित स्थानीय महिला समूहले पनि वृक्षारोपण गरेर अभियानलाई साथ दिए।

    अभियानका संयोजक गोविन्दप्रसाद चौलागाईंले भने, “जन्मदिनमा केकमा खर्चिने पैसा अब समाज र वातावरणमा लगाऔँ, प्रत्येक वडामा फूलफूलिएको आकर्षक बगैँचा बनाऔँ।”

    हालसम्म १७ जिल्लामा ९ हजारभन्दा बढी बिरुवा रोपिएको छ। मुख्यसचिवदेखि पूर्वप्रधानमन्त्री, कलाकारदेखि प्रहरी महानिरीक्षकसम्म यो अभियानमा जोडिइसकेका छन् ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page