भाद्र १४, गोरखा: समाजसेवी तथा हिमालय हब एडभेन्चर प्रा. लि. का प्रबन्ध निर्देशक प्रकाश लामिछानेले गोरखा जिल्लाको भिमसेनथापा गाउँपालिका–३ टारिफाँटस्थित श्री श्री नवज्योति माध्यमिक विद्यालय र वडा नं. ४ चौतारास्थित बालज्योति विद्यालयमा अध्ययनरत १६० जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरेका छन्।
भाद्र १४ गते एक औपचारिक कार्यक्रममार्फत कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई झोला, कापी, कलम, ज्यामिती बक्स तथा विद्यालय पोशाक हस्तान्तरण गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि भिमसेनथापा गाउँपालिका वडा नं. ३ का अध्यक्ष ऋषि राम लामिछाने रहेका थिए भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं प्राचार्य सभापतिमा थिए। वितरण कार्यक्रममा वडा सदस्यहरू, शिक्षक–शिक्षिका, स्थानीय अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता थियो।
वडा अध्यक्ष लामिछानेले शैक्षिक सामग्री पाएपछि आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई पढ्न सहज हुने बताए। सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने धारणा उनले राखे। विद्यालयका प्राचार्यले पनि सामग्री वितरणका कारण विद्यार्थी नियमित विद्यालय आउन प्रोत्साहित भएको जनाए।

संस्थाका प्रबन्ध निर्देशक प्रकाश लामिछानेले न्यून आय भएका विद्यार्थीलाई सहयोग पुर्याउन निरन्तर अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै, संस्थाका सिइओ पुरुषोत्तम रिमाल (पुरू) ले विद्यार्थीको नेतृत्व विकास र रचनात्मक गतिविधिमा समेत संस्थाले सहकार्य गर्ने बताए।
कार्यक्रममा अन्य पर्यटन व्यवसायीहरूको पनि उपस्थिति थियो।

-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण