logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

भागवत मञ्जरी राधिका दासी माताज्यूको ग्रीन सिटी हस्पिटलमा भव्य आगमन, जीवनभरको उपचार सुविधा सहित सम्मान

भागवत मञ्जरी राधिका दासी माताज्यूको ग्रीन सिटी हस्पिटलमा भव्य आगमन, जीवनभरको उपचार सुविधा सहित सम्मान


  • आइतबार, भाद्र १४ २०८२
  • 26K
    SHARES

    काठमाडौं – भागवत मञ्जरी राधिका दासी माताज्यूको हालै ग्रीन सिटी हस्पिटल, काठमाडौंमा भव्य आगमन भएको छ। उहाँको स्वागत ग्रीन सिटी हस्पिटलका अध्यक्ष एवं वरिष्ठ समाजसेवी लोकबहादुर टन्डनज्यूको नेतृत्वमा अस्पतालको सम्पूर्ण टिमले विशेष सम्मान साथ गरेका थिए।
    उक्त अवसरमा हस्पिटलले माताज्यूप्रति श्रद्धा प्रकट गर्दै जीवनभर निःशुल्क उपचार सुविधा उपलब्ध गराउने ‘प्रिभिलेज कार्ड’ प्रदान गरेको छ। उक्त कार्ड माताज्युलाई एक विशेष समारोहका बीच हस्तान्तरण गरिएको थियो।
     
    आगमनको क्रममा परमपुज्य माताज्यूले अस्पतालका विभिन्न विभागहरूको अवलोकन गर्नुका साथै भर्ना भएका बिरामीहरूसँग आत्मीय भेटघाट र संवाद गर्नुभएको थियो। माताज्यूको प्रेरणादायी उपस्थिति र आशिर्वचनले बिरामीहरू तथा अस्पताल कर्मचारीहरूमा सकारात्मक ऊर्जा थपिएको अस्पताल स्रोतले जानकारी दिएको छ। ग्रीन सिटी हस्पिटलले सेवा, समर्पण र आध्यात्मिक मुल्यहरूको समिश्रणमार्फत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ यस्तो पहल गरेको हो।
    तस्बिरहरु:


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page