logo

आइतबार, भाद्र २८ २०८३

kantipurpationlinetv

२०८३ भाद्र २८ आइतबार

कथावाचिका राधिका दासी जापान आउँदै, टोकियो र फुकुओकामा प्रवचन कार्यक्रम

कथावाचिका राधिका दासी जापान आउँदै, टोकियो र फुकुओकामा प्रवचन कार्यक्रम


  • सोमबार, भाद्र १५ २०८२
  • 21K
    SHARES

    काठमाडौं । धार्मिक कथावाचिका राधिका दासी यही हप्ता जापान आउँदै छिन्। जापान नेपाल फुटबल एसोसिएसन (एन्फा जापान) को आयोजनामा हुन लागेको धार्मिक तथा आध्यात्मिक प्रवचन कार्यक्रममा सहभागी हुन उनी जापान जान लागेकी हुन्।

    कार्यक्रमअनुसार, दासीले सेप्टेम्बर ७ (आइतबार) साँझ ५ बजेदेखि १० बजेसम्म टोकियो नजिकैको रारा नेपाली खाजा घर (हाइजिमा) मा प्रवचन दिनेछिन्। त्यसपछि सेप्टेम्बर ९ (मंगलबार) साँझ ५ बजेदेखि १० बजेसम्म प्रिमो हल (१-११-५ मिदोरी गाओका, हामुरा स्टेसन नजिकै) मा दोस्रो प्रवचन कार्यक्रम हुने तय गरिएको छ।

    पछिल्ला वर्षहरूमा देश–विदेशमा नियमित धार्मिक महायज्ञ, प्रवचन र आध्यात्मिक कार्यक्रममार्फत सक्रिय रहेकी राधिका दासीले जापानमा हुने प्रवचन कार्यक्रमका लागि भिडियो सन्देशमार्फत सम्पूर्ण नेपाली समुदायलाई उपस्थितिका लागि आग्रह गरेकी छन्।

    कार्यक्रममा प्रमुख अतिथिका रूपमा जापानका लागि नेपाली राजदूत महामहिम दुर्गा बहादुर सुवेदीको उपस्थिति रहनेछ। आयोजक एन्फा जापानका अध्यक्ष शिव खड्काका अनुसार, यस प्रवचन कार्यक्रमले जापानमा बसोबास गरिरहेका नेपालीहरूलाई धर्म, संस्कृति र अध्यात्मसँग थप नजिक ल्याउने अपेक्षा गरिएको छ।

    टोकियोमा हुने दुई कार्यक्रम सम्पन्न गरेपछि दासी जापानकै फुकुओका सहरतर्फ प्रस्थान गर्नेछिन्। उनलाई त्यहाँका बिष्णु रेष्टुरेन्टका प्रोपाइटर श्यामसुन्दर शर्माले विशेष निमन्त्रणा गरेका छन्।

    बिष्णु रेष्टुरेन्ट का प्रोपाइटर श्याम सुन्दर शर्मा / बिष्णु अर्याल ज्यु को बिषेश निमन्त्रण मा जापान को फुकुवोका पनि पनि धेरै कार्यक्रम रहने जानकारि राधिका फाउण्डेशन का सचिव श्री पंकज नेपाल ले जानकारि गराएका हुन ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page