गोरखा — गोरखाको सिरानचोक गाउँपालिकामा पहिलोपटक भव्य सिरानचोक सांस्कृतिक कार्यक्रम तथा दशैं–तिहार सस्तो मेला–२०८२ आयोजना हुने भएको छ।
असोज २२ गतेदेखि कार्तिक ३ गतेसम्म नयाँसाँघु बजारमा हुने यो मेला स्थानीय संस्कृति, व्यापार र मनोरञ्जनको संगम बन्ने अपेक्षा गरिएको छ।
मेलाको विशेष आकर्षणको रूपमा खुला दोहोरी प्रतियोगिता समेत हुने भएको छ, जसमा विजेताले रु ७०,००० प्राप्त गर्नेछन्। त्यसैगरी दोस्रोले रु ४०,००० र तेस्रोले रु २०,००० पुरस्कार पाउनेछन्।
मेलाको मुख्य उद्देश्य गाउँस्तरमै स्थानीय कलाकार र व्यवसायलाई प्रोत्साहन गर्दै सामुदायिक एकता र सांस्कृतिक झल्को देखाउनु रहेको आयोजकले बताएका छन्।
मेलामा राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। नेपालकै चर्चित गायक–गायिकाहरूले सांगीतिक प्रस्तुति दिँदै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्।

कार्यक्रमको आयोजना दरौंदी सिर्जनशील महिला समूह, सिरानचोक–६, नयाँसाँघु, गोरखाले गरेको हो।
प्रतियोगितामा सहभागी हुन इच्छुकहरूले निम्न नम्बरहरूमा सम्पर्क गर्न सक्नेछन्: 📞 ९८४६६३३५५८, ९८४७०९१९१५, ९८१८२०८५४५।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण