logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

‘नो शेभ नोभेम्बर’ले ठमेल हल्लायो: रिक्साबाट क्यान्सर–अवेयरनेस र्‍याली

‘नो शेभ नोभेम्बर’ले ठमेल हल्लायो: रिक्साबाट क्यान्सर–अवेयरनेस र्‍याली


  • बिहिबार, मंसिर ११ २०८२
  • 15.7K
    SHARES

    काठमाडौं — क्यान्सरबारे जनचेतना फैलाउने उद्देश्यसहित ANT Foundation द्वारा सञ्चालन भइरहेको ‘नो शेभ नोभेम्बर – फेशन फर कौज २०२५’ अभियानअन्तर्गत आयोजित रिक्सा र्‍याली आज सफलतापूर्वक सम्पन्न भएको छ।

    र्‍याली ठमेलको क्लब 10X बाट सुरु भएको थियो, जसमा ३० भन्दा बढी आकर्षक रूपमा सजाइएका रिक्साहरू सहभागी थिए। रिक्षाहरूमा प्रोस्टेट, स्तन र फोक्सो क्यान्सरसम्बन्धी जनचेतनामूलक सन्देशहरू प्रदर्शन गरिएका थिए, जहाँ मोडेल, विद्यार्थी, स्वास्थ्यकर्मी, क्यान्सर सर्वाइभर र युवाहरूले सक्रिय सहभागिता जनाएका थिए।

    र्‍यालीले ठमेल पर्यटन क्षेत्रका गल्ली–गल्लीमा अभियानको मुख्य सन्देश—“Fashioning a Cancer-Free Tomorrow”—जनसमुदायसम्म पुर्‍याउने उद्देश्य राखेको थियो। सहभागीहरूले ‘नो शेभ नोभेम्बर’ लोगो अंकित स्कार्फ र पोशाक लगाएर क्यान्सरबिरुद्ध एकजुटताको भाव व्यक्त गरेका थिए। अभियानको प्रतीक ‘नो शेभ’—अर्थात् दाह्री नखुर्नु—विशेषगरी पुरुष स्वास्थ्य परीक्षण, प्रोस्टेट क्यान्सरको प्रारम्भिक पहिचान र जोखिमबारे चेतना जगाउने उद्देश्य बोकेको छ।

    ANT Foundation ले क्यान्सरका जोखिम, रोकथाम, प्रारम्भिक लक्षण र स्क्रिनिङको महत्त्वबारे देशभर जनचेतना बढाउन यो अभियानलाई निरन्तरता दिँदै आएको छ। सन् २०२१ देखि निरन्तर आयोजना हुँदै आएको ‘फेशन फर कौज’ अभियानले स्वास्थ्यकर्मी, सेलिब्रिटी, मोडेल, विद्यार्थी, क्यान्सर सर्वाइभर तथा समुदायबीच सकारात्मक प्रभावकारी सहकार्य स्थापित गर्दै आएको छ।

    र्‍यालीमा सहभागीहरूका अनुसार यस्तो सामुदायिक अभियानले काठमाडौं उपत्यकाभित्र मात्र नभई बाहिरी जिल्लामा समेत क्यान्सरबारे जागरण फैलाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। कार्यक्रमका संयोजकहरूले क्यान्सर प्रारम्भिक चरणमै पहिचान भए धेरैजसो उपचारयोग्य हुने भएकाले नियमित स्वास्थ्य परीक्षणलाई व्यवहारमा ल्याउन सबैलाई आग्रह गरेका छन्।

    रिक्सा र्‍याली सम्पन्न भएपछि ANT Foundation ले नो शेभ नोभेम्बर अभियानअन्तर्गत नोभेम्बर २९ मा छायाँ सेन्टरमा आयोजना हुने ग्रान्ड रनवे शोमा पनि सबैलाई सहभागी हुन आग्रह गरेको छ। सो कार्यक्रममार्फत क्यान्सर सर्वाइभर, स्वास्थ्यकर्मी, कलाकार तथा मोडेलहरू एकै मञ्चमा आएर क्यान्सर–मुक्त समाज निर्माणका लागि प्रेरणादायी सन्देश प्रस्तुत गर्नेछन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page