नेपाल प्रहरी श्रीमती संघ तथा आसरा सुधार केन्द्रका कार्यसमितिका पदाधिकारीहरुबाट नवनियूक्त हुनु भएका नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त बधाई तथा शुभकामना कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती नविना खत्री कार्की, संघका कोषाध्यक्ष संगिता लम्साल, कार्यसमितिका पदाधिकरीहरु र आसरा सुधार केन्द्रका पदाधिकारीहरु, सिनियर प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै संघका कोषाध्यक्ष संगिता लम्सालले शुभकामना मन्तव्य प्रदान गर्नु भएको थियो भने कार्यक्रम (सचिव) अनिता ढकाल अधिकारीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने