जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाको प्रमुख आतिथ्यतामा कस्मिक इन्टरनेशनल एकेडेमी स्कुल कोटेश्वरको परिसरमा लैङ्गिक हिंसा न्यूनीकरण र साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लैङ्गिक हिंसा न्यूनीकरण र साइबर अपराध सम्बन्धी सचेतनामूलक प्रशिक्षण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले कार्यक्रमलाई सम्बोधन गर्दै लैङ्गिक हिंसा र साइबर अपराधको तथ्यमा वर्तमान अवस्था, विश्लेषण, प्रमुख चुनौती र भावी कार्यदिशा सम्बन्धी प्रकाश पार्नु भएको थियो । लैंगिक हिंसा र साइबर अपराधबाट पीडित र प्रभावित महिला, बालबालिका तथा जेष्ठ नागरिकहरूमा न्यायको पहुँचको सुनिश्चितता, पीडितको उद्दार र पुन:स्थापनामा सबै सरोकारवाला पक्षहरूको समन्वय, सहकार्य अनिवार्य रहेको बताउँदै उपस्थित महानुभावहरुमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा