logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

कर्णाली प्रदेशमा १७ सदस्यीय लोक सञ्चारकर्मी समिति गठन, कुलेन्द्र शाही अध्यक्ष

कर्णाली प्रदेशमा १७ सदस्यीय लोक सञ्चारकर्मी समिति गठन, कुलेन्द्र शाही अध्यक्ष


  • सोमबार, मंसिर २२ २०८२
  • 20.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले कर्णाली प्रदेशमा आफ्नो शाखा विस्तार गरेको छ । सातै प्रदेशमा शाखा विस्तार गर्ने लक्ष्यसहित सुरु गरिएको अभियानअन्तर्गत कर्णाली प्रदेश पहिलो सुरुवात गरिएको प्रदेश बनेको छ । सोमबार संस्थाका सचिव तथा कर्णाली प्रदेश इन्चार्ज कमल सरगम स्वयं कर्णाली पुगेर १७ सदस्यीय कार्यसमिति गठन गरेर कर्णाली प्रदेश शाखा विस्तार गरेका हुन् ।

    नवगठित शाखाको अध्यक्षमा कर्णाली प्रदेश संयोजक कुलेन्द्र शाहीलाई सर्वसम्मत रूपमा चयन गरिएको छ । सो कार्यक्रममा इन्द्रेणीका सञ्चालक तथा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका सल्लाहकार कृष्ण कडेल प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए ।

    नवगठित १७ सदस्यीय कार्यसमितिहरुमा अध्यक्ष कुलेन्द्र शाही, वरिष्ठ उपाध्यक्ष विक्रान्त चालिसे, उपाध्यक्ष अनिता बिक, सचिव पूर्ण सार्की, सहसचिव मनोज बोहरा, कोषाध्यक्ष टीका घिमिरे, सहकोषाध्यक्ष महेश बस्नेत, प्रवक्ता यादव पौडेल, महिला विभाग प्रमुख रमिता खड्का, प्रचारप्रसार प्रमुख चन्द्रप्रसाद भट्टराई, प्रचारप्रसार सचिव हिमेन्द्र बिक रहेका छन् ।

    त्यसैगरी सदस्यहरूमा कमल कुमार न्यौपाने, जनक दसौदी, प्रज्वल चुनारा, प्रकाश शाही, रूपलाल बुढाथोकी, दीपक सापकोटा रहेको कर्णाली प्रदेश इन्चार्ज कमल सरगमले जानकारी दिए ।

    कार्यक्रमका प्रमुख अतिथि कृष्ण कँडेलले कर्णालीलाई लोकसंगीत र लोकसंस्कृतिको उर्वर भूमिको रूपमा उल्लेख गर्दै नयाँ नेतृत्वले कर्णालीमा लुकेका प्रतिभा र दूरदराजका समाचारलाई राष्ट्रिय चिनारीमा ल्याउने अपेक्षा व्यक्त गरे । उनले नयाँ पुस्ताले पत्रकारितामा सक्रिय भूमिका खेल्नुपर्ने बताउँदै कर्णाली शाखाको सुरुवातलाई ऐतिहासिक कदमका रूपमा वर्णन गरे ।

    त्यसैगरी लोक सञ्चारकर्मी नेपालका सचिव तथा कर्णाली प्रदेश इन्चार्ज कमल सरगमले नवगठित कमिटीलाई शुभकामना दिँदै संस्थाको मर्यादा, नीति र उद्देश्य अनुसार क्रियाकलाप अघि बढाउन निर्देशन दिए ।

    उनले सात प्रदेशमध्ये पहिलो शाखा कर्णालीमा खोलिनुको कारण कर्णाली प्रदेश विकास, अवसर र पहिचानका हिसाबले सदैव पछाडि परेकाले कर्णालीलाई देश–विदेशमा चिनाउन सञ्चारकर्मी नै प्रमुख माध्यम हुने बताए । साथै, उनले युवा नेतृत्वको उपस्थिति कर्णाली शाखाको मुख्य शक्ति रहेको उल्लेख गर्दै लोक पत्रकारितालाई कर्णालीमै विशेष पहिचान दिलाउने लक्ष्य रहेको बताए ।

    कर्णाली प्रदेशका अध्यक्षका रूपमा चयन भएका कुलेन्द्र शाहीले लोक सञ्चारकर्मी नेपालकै पहिलो बनाउन निरन्तर भूमिका खेल्ने बताए । सञ्चारकर्मीहरूले गर्नुपर्ने कामहरूलाई मुख्य बिन्दुमा राखेर निरन्तर सेवा र सन्देशका साथ अगाडि बढ्ने उनले बताए ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page