logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

गोरखा सेवा समाज, कतारले २३औँ स्थापना दिवस भव्य रूपमा मनाउने

गोरखा सेवा समाज, कतारले २३औँ स्थापना दिवस भव्य रूपमा मनाउने


  • शुक्रबार, मंसिर २६ २०८२
  • 15.1K
    SHARES

    गोरखा सेवा समाज, कतारले आफ्नो २३औँ स्थापना दिवस विविध सांस्कृतिक कार्यक्रमसहित यहि डिसेम्बर १८ मा मनाउने भएको छ। कार्यक्रममा शुभकामना आदान–प्रदान तथा चर्चित कलाकारहरूको प्रस्तुति रहने गोरखा सेवा समाज कतारका अजिरकोट गाउँपालिका संयोजक राजु लामाले जानकारी दिए।

    उनका अनुसार कार्यक्रमलाई आकर्षक र सहभागितापूर्ण बनाउने उद्देश्यले बृहत् सांस्कृतिक कार्यक्रम–२०२५ को तयारी अन्तिम चरणमा पुगेको छ।

    समाजले सार्वजनिक गरेको सूचीनुसार कार्यक्रममा गायिका रश्मि सेन्चुरी, कलाकार गुना मगर (निशु), गायक पुकार थापा, गायक संगीत बिसी लगायतका कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। साथै नृत्यकर्मी सानुमाया गुरुङ, सलिना सिंह ठकुरी, प्रिया लामा, सरिता वान्तवा राई, शृष्टि राई लगायतले पनि विभिन्न सांस्कृतिक प्रस्तुति पस्कनेछन्।

    कार्यक्रमको समन्वय अर्जुन सङ्गौलाले गर्नेछन्। समाजले कतारमा रहेका गोरखा जिल्लावासी तथा सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई स्थापना दिवसको उत्सव साझा रूपमा मनाउन आग्रह गरेको छ।

    स्थापना दिवस कार्यक्रम फुलबारी रेस्टुरेन्ट, दोहामा मध्याह्न १२ बजेदेखि सुरु हुने बताइएको छ।

    गोरखा सेवा समाज कतारले पछिल्ला वर्षहरुमा सामाजिक सेवा, आपत्कालीन सहयोग, सांस्कृतिक संरक्षण तथा समुदायबीच एकता प्रवर्द्धनमा निरन्तर काम गर्दै आएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page