गायिका शान्ति श्रीष मगरको स्वरमा रहेको ‘युके बस्ने दाइ…’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सुरेश राना मगरको रचना रहेको यस गीतमा पुरुष आवाज सागर आलेले दिएका छन् ।
गीतकार प्रतिष्ठानद्वारा शुक्रबार आयोजित कार्यक्रममा कवि तथा गीतकार रमेश श्रेष्ठले म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । कार्यक्रममा बोल्दै श्रेष्ठले शान्ति श्रीष मगरको गीतले आम नेपाली जनजीवनलाई छुने विश्वास व्यक्त गरे । साथै भिडियोमा प्रस्तुत गरिएको मौलिकपनले नेपाली पहिचान झल्काउने उनको भनाइ थियो ।
कार्यक्रममा गायिका तथा मोडल शान्ति श्रीष मगरले बागलुङको गलकोटबाट पोखरा आएर गीत–सङ्गीत क्षेत्रमा गरेको सङ्घर्षका विभिन्न चरणबारे आफ्ना अनुभव सुनाइन् । तत्कालीन अवस्थामा सङ्गीतसम्बन्धी औपचारिक ज्ञान नभए पनि रेडियो सुनेकै भरमा सङ्गीतप्रतिको अनुराग बढेको उनले बताइन् । जीवनका विभिन्न उतार–चढावका कारण केही समय सङ्गीतबाट टाढिनुपरेको पीडादायी समय सम्झँदै मगरले अन्ततः आफूभित्रको रुचि कुनै पनि कारणले रोकिन नसकेको प्रमाणित भएको उल्लेख गरिन् ।
यसअघि शान्ति श्रीष मगरका ‘फूल जस्तै मेरो जीवन’, ‘जूनतारा’, ‘गल्छी झरेसि’, ‘बसे पर्खेर’ लगायतका गीतहरू सार्वजनिक भइसकेका छन् ।
‘युके बस्ने दाइ’ म्युजिक भिडियोमा शान्ति श्रीष मगरसँगै विजय पुन, चाहना राना मगर र आश्विन राना मगरको अभिनय रहेको छ ।
गीतकार प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरेली युवा सांस्कृतिक परिवारका पूर्वअध्यक्ष उपेन्द्र पौडेल, भिडियोका निर्देशक तथा मोडल विजय पुनलगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव रुपिन्द्र प्रभावीले गरेका थिए ।
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण