काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले पत्रकार तथा सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ। उक्त प्रशिक्षण कार्यक्रम यही पुस २ र ३ गते सिन्धुपाल्चोकस्थित सुकुटे बीचमा आयोजना हुने भएको हो। कार्यक्रममा बरिष्ठ संचारकर्मी एवम साहित्यकार डा। नवराज लम्साल र वरिष्ठ पत्रकार राजेन्द्र बानियाँले प्रशिक्षण दिने भएका छन्।
उक्त कार्यक्रमका लागि करिब सम्पूर्ण तयारी पूरा भइसकेको कार्यक्रम संयोजक तथा लोक सञ्चारकर्मी नेपालका उपाध्यक्ष हरिप्रसाद दुलालले जानकारी दिए। लोक सञ्चारकर्मी नेपालका केन्द्रीय पदाधिकारी, उपत्यकासहित विभिन्न शाखा तथा संस्थामा आबद्ध पदाधिकारीहरूको सहभागितामा कार्यक्रम सञ्चालन हुन लागेको हो।
साथै, नेपालका विभिन्न मिडिया सञ्चालकहरूको पनि सहभागिता रहने गरी कार्यक्रम आयोजना हुन लागेको संयोजक दुलालले बताए। कार्यक्रमलाई ऐतिहासिक तथा वृहत् बनाउने उद्देश्यका साथै नेपाली मौलिक लोक संस्कृति संरक्षण र यसको प्रवर्द्धनमा पत्रकारले खेल्नुपर्ने भूमिकामाथि गहन बहस हुने उनको भनाइ छ।
यी विषयमा पर्याप्त प्रशिक्षण नहुँदै आएको अवस्थालाई मध्यनजर गर्दै राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले उक्त कार्यक्रम आयोजना गरेको संयोजक दुलालले स्पष्ट पारे। सिन्धुपाल्चोकको सुकुटे रिभरफन बीच रिसोर्ट, सुकुटेमा आयोजना हुने उक्त कार्यक्रममा मुख्य प्रायोजकका रूपमा नेपाटेक मार्ट रहेको छ भने ट्राभल्स पार्टनर ग्रेटफुल टुर एण्ड ट्रान्र्फसमेसन रहेको छ । साथै गोकर्णेश्वर नगरपालिका–५ र ६ वडा कार्यालय जोरपाटी, काठमाडौं, इन्द्रेणी सांस्कृतिक विकास केन्द्र तथा सोफा हब सहयोगी संस्थाका रूपमा आबद्ध रहेका छन्।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण