काठमाडौं । युनिसेक्स ब्युटी सलुन ‘फेसियल हाउस’ ले आफ्नो १८औँ वार्षिकोत्सव बिहीबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ । १८औँ वर्षमा प्रवेश गरेको अवसरमा काठमाडौंको त्रिपुरेश्वरस्थित बोगेनभिल्ला इभेन्टमा आयोजित समारोह प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
समारोहमा विभिन्न शीर्षकअन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्ने ३१ जना कर्मचारी तथा उत्कृष्ट एक शाखालाई अवार्ड प्रदान गरिएको थियो । साथै, उत्कृष्ट तीन जना विद्यार्थीलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा उपसभामुख रानामगरलगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूले फेसियल हाउसको सफलताको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
वरिष्ठ सौन्दर्यविद् सुष्मा महराको नेतृत्वमा सुन्धारास्थित काठमाडौं मलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसले हाल उपत्यकाभित्र केएल टावर (चाबहिल) र लगनखेल (ललितपुर) मा शाखा सञ्चालन गरिरहेको छ । त्यस्तै, उपत्यकाबाहिर चितवन, पोखरा, सुर्खेत, धनगढी, नेपालगञ्ज र इटहरीलगायत देशका विभिन्न प्रमुख सहरहरूमा शाखा विस्तार गरी सेवा प्रदान गर्दै आएको छ ।
फेसियल हाउसले ब्युटी सलुन सेवासँगै ‘ब्युटी एकेडेमी’ समेत सञ्चालन गर्दै आएको छ । एकेडेमीले पेशागत तालिम मात्र नभई नेतृत्व विकास, जिम्मेवारीबोध र आत्मनिर्भर बन्ने अवसर समेत प्रदान गर्दै आएको फेसियल हाउसकी अध्यक्ष सुष्मा महराले बताइन् ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा