सौन्दर्य व्यवसायमा अग्रणी पहिचान बनाएको फेसियल हाउसले पोखरामा पनि १८औँ वार्षिकोत्सव मनाएको छ।
यसअघि पुस १० गते काठमाडौंमा भव्य कार्यक्रमका साथ वार्षिकोत्सव मनाएको फेसियल हाउसले पोखरा शाखामा पनि विशेष कार्यक्रम आयोजना गर्दै उत्सव मनाएको हो। फेसियल हाउसको पोखरा शाखा चिप्लेढुंगास्थित ट्रेड मलमा सञ्चालनमा छ।
वार्षिकोत्सवका अवसरमा पोखरा शाखामा कार्यरत कर्मचारीहरूलाई सम्मान गर्दै शुभकामना आदानप्रदान गरिएको फेसियल हाउसकी सञ्चालक तथा वरिष्ठ सौन्दर्यकर्मी शुष्मा महराले जानकारी दिइन्। उनले फेसियल हाउसले स्थापनाकालदेखि नै गुणस्तरीय सेवा र व्यवसायिकता कायम गर्दै आएको बताइन्।
पछिल्लो समय फेसियल हाउसले देशभरका मुख्य सहरहरूमा शाखा विस्तार गर्न सफल भएको छ। सौन्दर्य सेवाको क्षेत्रमा विश्वासिलो ब्रान्डका रूपमा फेसियल हाउस स्थापित हुँदै गएको सञ्चालक पक्षको दाबी छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण