नेपाल प्रहरीमा जनशक्ति परिचालन तथा व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले प्रहरी नेतृत्वले एक ‘बोल्ड’ निर्णय गरेको छ। बढुवा भएर पदस्थापन भएका प्रहरी कर्मचारीले अब पदस्थापन भएको कार्यालयमा हाजिर भएपछि मात्र दर्ज्यानी चिन्ह लगाउन पाउने भएका छन्।
शुक्रबार प्रहरी नेतृत्वले यस्तो निर्णय गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार यो व्यवस्था प्रहरी सहायक हवल्दारदेखि प्रहरी वरिष्ठ नायब निरीक्षकसम्म लागू हुनेछ।
बढुवा भएपछि पनि साविककै कार्यालयमा लामो समयसम्म बसेर पदस्थापन भएको कार्यालयमा नजाने प्रवृत्ति बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न यो निर्णय लिइएको जनाइएको छ। यससम्बन्धी परिपत्र शुक्रबार नै देशभरका प्रहरी कार्यालयहरूमा पठाइसकिएको छ।
विशेषगरी आकर्षक कार्यालयमा कार्यरत कतिपय प्रहरी कर्मचारीहरू बढुवापछि पनि त्यहीँ बसिरहने प्रवृत्तिका कारण कतै प्रहरी जनशक्ति अत्यधिक र कतै न्यून हुने समस्या देखिँदै आएको थियो। सो असन्तुलन हटाउन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नीतिगत निर्णयमार्फत सुधार प्रक्रिया अघि बढाएका हुन्।
प्रहरी संगठनभित्र यो निर्णयलाई जनशक्ति व्यवस्थापनलाई अनुशासित, पारदर्शी र प्रभावकारी बनाउने दिशामा गरिएको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण