काठमाडौँ — सामाजिक अभियानी आशिका तामाङले काठमाडौंबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत स्ट्याटस लेख्दै उनले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी दिने जानकारी दिएकी हुन्।
उनका अनुसार पछिल्ला केही हप्तामा सरोकारवाला पक्षहरूसँग प्रत्यक्ष संवाद, सामाजिक सञ्जालमार्फत मत सर्वेक्षण तथा विशेषगरी जेन–जी पुस्तासँग खुला छलफल गरिएको थियो। ती छलफलमार्फत युवापुस्ताको अपेक्षा, चिन्ता, मुद्दा र चाहनाबारे गहिरो विमर्श भएको उनले उल्लेख गरेकी छन्।
त्यस क्रममा सकारात्मक सुझावसँगै आलोचनात्मक तथा नकारात्मक प्रतिक्रियासमेत प्राप्त भएको र ती सबैलाई समान सम्मानका साथ ग्रहण गरिएको तामाङले बताइन्।
जनभावना र आफ्ना अनुभवलाई मनन गर्दै दलगत सीमाभन्दा माथि उठेर स्वतन्त्र धारमा अघि बढ्नु वर्तमान सन्दर्भमा जिम्मेवार निर्णय भएको उनको भनाइ छ।
‘जेन–जीले उठाइरहेका आवाज, परिवर्तनको चाहना र मुद्दा अब सडकमा मात्र सीमित नरही संसदभित्र पनि सशक्त रूपमा प्रतिनिधित्व हुनुपर्छ,’ तामाङले उल्लेख गरेकी छन्।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा