‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ अन्तर्गत ट्राफिक प्रहरी वृत्त, नयाँ बसपार्कद्वारा सोमबार राइड सेयर बाइक चालकहरूसँग सचेतनामूलक कार्यक्रम आयोजित गरिएको छ।
कार्यक्रमको नेतृत्व कार्यालय प्रमुख प्रहरी निरीक्षक शेखर कुमार साह ले गरेका थिए। यस कार्यक्रमअन्तर्गत सडक दुर्घटना न्यूनीकरण, पिक एण्ड ड्रप गर्दा अपनाउनुपर्ने सावधानी, प्रचलित ट्राफिक नियमको पालना र सडकमा ट्राफिक व्यवस्थापन सुदृढ बनाउने विषयमा चालकहरूलाई सचेतना दिइएको थियो।
साथै, राइड सेयर चालकहरूले सवारी चलाउँदा ट्राफिक नियम पालन गर्ने, यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्ने र सुरक्षित तथा अनुशासित सडक संस्कृतिको विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कले यस प्रकारका सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गर्दै सडक सुरक्षा र दुर्घटना न्यूनीकरणमा नागरिक सहभागिता बढाउने लक्ष्य राखेको छ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा