काभ्रे । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीबाट काभ्रे क्षेत्र नम्बर १ मा योगेन्द्र लामाले उम्मेदवारी दर्ता गराएका छन्। लामाले पार्टीको चुनाव चिन्ह ‘चिम’ लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।
सामाजिक तथा राजनीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका लामा इमानदारी, त्याग र सेवाभावका लागि परिचित मानिन्छन्।
“राजनीति पदका लागि होइन, जनताको पीडामा साथ दिनका लागि” भन्ने मूल मन्त्रसहित उनी जनताको मत माग्दै चुनावी मैदानमा होमिएका छन्।
उनका मुख्य चुनावी एजेन्डामा लोकतन्त्रको सबलीकरण, असल राजनीतिक संस्कारको विकास, आर्थिक वृद्धि र समृद्धि, उद्योग–कृषि–पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको प्रवर्द्धन, दक्ष जनशक्ति उत्पादन, वातावरण संरक्षण र जलवायु परिवर्तनको संकट न्यूनीकरण रहेका छन्।
यसका साथै सामाजिक न्यायको ग्यारेन्टी, भाषा–संस्कृति तथा सम्पदाको संरक्षण, शिक्षा र स्वास्थ्य सेवामा सुधार, आवास व्यवस्था, सुशासन र भ्रष्टाचार नियन्त्रण, आन्तरिक शान्ति र सुरक्षा, स्थानीय उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई समेत उनले प्राथमिकतामा राखेका छन्।
विशेषगरी जेन्जी (Gen-Z) युवाहरूले उठाएका माग संसदसम्म पुर्याउने र तिनको व्यावहारिक सम्बोधन गर्ने प्रतिबद्धता लामाले व्यक्त गरेका छन्।
उज्यालो नेपाल पार्टीका अभियन्ता कुलमान घिसिङले काभ्रे–१ का जनताको समस्या बुझ्न सक्ने सक्षम उम्मेदवारका रूपमा लामालाई टिकट दिएको बताइएको छ। विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा १८ घण्टासम्मको लोडसेडिङ अन्त्य गर्दै “उज्यालो नेपाल”को सुरुवात गरेका घिसिङको भिजनलाई आत्मसात गर्दै उम्मेदवारी दिएको लामाको भनाइ छ।
योगेन्द्र लामा जस्ता युवा नेतृत्व पाउँदा काभ्रेली जनता उत्साहित देखिएका छन्। स्थानीयस्तरबाट व्यापक समर्थन पाइरहेको दाबी गर्दै लामा काभ्रेली जनताको अपार मायाका कारण चुनाव जित्नेमा आफू विश्वस्त रहेको बताउँछन्।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा