गोरखा क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा निर्वाचन लडेका प्रेम खत्रीले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन्। उनले कुल २९ लाख ८२ हजार रुपैयाँ खर्च भएको विवरण पेश गरेका हुन्।
खत्रीले बुझाएको विवरणअनुसार सबैभन्दा बढी खर्च सवारी साधन भाडा तथा इन्धनमा भएको छ। उक्त शीर्षकमा उनले १० लाख रुपैयाँ खर्च गरेको उल्लेख गरेका छन्।
त्यस्तै, प्रचारप्रसार सामग्रीअन्तर्गत ब्यानर, नमुना मतपत्र तथा झण्डामा ५ लाख १४ हजार रुपैयाँ खर्च भएको उनले जनाएका छन्। मिडिया खर्च अन्तर्गत रेडियो, पत्रपत्रिका तथा अनलाइन माध्यममा विज्ञापन प्रकाशन, फोटो, भिडियो, ग्राफिक्स र जिंगल डिजाइनका लागि २ लाख ६० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।
यसैगरी, सभा तथा मतदाता भेटघाट शीर्षकमा ५ लाख रुपैयाँ खर्च भएको देखिन्छ। निर्वाचन अवधिमा सञ्चालन गरिएको निर्वाचन सम्पर्क कार्यालयतर्फ ४ लाख ९५ हजार ६ सय रुपैयाँ खर्च भएको उनले बताएका छन्। खत्रीले निर्वाचन अवधिभर ५९ वटा सम्पर्क कार्यालय सञ्चालन गरेका थिए। उनले प्रति कार्यालय ८ हजार ४ सय रुपैयाँ खर्च भएको बताएका छन्।
त्यसैगरी, कार्यकर्ता व्यवस्थापन तथा प्रचारप्रसार सामग्री ढुवानी शीर्षकमा २ लाख ९ हजार ५ सय रुपैयाँ खर्च भएको छ भने अन्य साना तथा आकस्मिक खर्च शीर्षकमा ३ हजार ४३० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी