गोरखा — पद्धति विकास सेवा केन्द्र, गोरखाको २६औँ वार्षिक साधारण सभा तथा छैटौ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
नवनिर्वाचित कार्यसमितिमा अध्यक्षमा सिर्जना कोईराला चयन हुनुभएको छ। त्यसैगरी उपाध्यक्षमा सन्तोष घिमिरे, सचिवमा किरण ढकाल, कोषाध्यक्षमा रचना लामिछाने तथा सह–सचिवमा फुल माया गुरुङ चयन हुनुभएको छ।
त्यस्तै सदस्यहरूमा सर्मिला घिमिरे कार्की, सिला घिमिरे, पुष्पा मग्राती र बलबहादुर गुरुङ चयन हुनुभएको छ।
अधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। नवगठित कार्यसमितिले संस्थाको उद्देश्यअनुसार सामाजिक विकास तथा सेवा कार्यलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने विश्वास व्यक्त गरिएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी