logo

आइतबार, फाल्गुन ३० २०८२

kantipurpationlinetv

२०८२ फाल्गुन ३० आइतबार

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको नाम टुंगो लगायो

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको नाम टुंगो लगायो


  • आइतबार, फाल्गुन ३० २०८२
  • 3.4K
    SHARES

    काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ। भर्खरै बसेको सचिवालय बैठकले ४८ जना महिला र ९ पुरुष गरी ५७ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

    झालेका अनुसार आयोगमा पठाइएको नाम प्रस्तावित मात्र भएकोले आयोगले रुजु नगरेसम्म सार्वजनिक नगर्ने निर्णय गरिएको छ। “तोकिएको समयभित्र ५७ जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय भएको छ। आयोगले रुजु गरेपछि मात्र नाम सार्वजनिक हुनेछ,” उनले भने।

    साथै, क्लस्टर अनुसार खस–आर्यतर्फ १७, जनजातिबाट १६, दलित ८, मुस्लिम ३, मधेशी ९ र थारु ४ जनाको नाम पठाइएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech