गोरखा – मनकामना दर्शन गरेर फर्किँदै गरेको इभी माइक्रो दुर्घटनामा ७ भारतीय पर्यटकको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मृतक सबै भारतीय नागरिक हुन्। घाइतेमध्ये चालक र सहचालक पनि घाइते भएका छन्।
दुर्घटना शनिबार राति करिब ८ बजे शहिदलखन गाउँपालिका–३, बनौतीस्थित आबुखैरेनी–मनकामना सडकखण्डमा भएको थियो। घटनास्थलमा मृतकहरू: मुतु कुमार (५८), अनामलिक (५८), मिनाक्षी (५९), सिवगामी (५३), बिजायल (५७), मिना (५८), तमिलारशी (६०) रहेका छन्।
मृतकहरूको शव प्रदेश अस्पताल गोरखामा परीक्षणका लागि ल्याइएको छ। पोस्टमार्टमपछि कानुनी प्रक्रिया पूरा गरी शव भारतीय दूतावासको रोहवरमा आफन्तलाई जिम्मा लगाइने छ।
दुर्घटनामा प्रयोग भएको माइक्रो (बा.प्र १–००६ ख ८४३०) करिब २०० मिटर लत खाँचमा खसेको थियो। प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गति वा ब्रेक फेल भएका कारण दुर्घटना भएको देखिएको छ। दुर्घटना अघि चालक फाल मारेर बाँच्न सफल भएका थिए।
घाइते ९ जनालाई शनिबार राति नै चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार गरिएको छ। घाइतेमा चालक पुष्प मल्ल ठकुरी (४६) र सहचालक सन्तोष गुरुङ (२९) सहित भारतीय नागरिकहरू सोरनम (६२), मंगदा जलम (६५), सुभाद्रा (७५), मयाल (६५), सरोजा (७३), भाग्यलक्ष्मी (६५), मिनाक्षी (३४) रहेका छन्।
प्रहरीले दुर्घटनाको पूर्ण अनुसन्धान सुरु गरेको जनाएको छ।


-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा
-
जेनजी आन्दोलनको एक वर्ष : उतारचढाव, स्थिरता र समृद्धिको नयाँ बाटो
-
कांग्रेसले सरकारलाई दियो १ करोड, बाढीपीडितको राहत र पुनर्स्थापनामा खर्च गर्न आग्रह