काठमाडौँ । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो सिजनका लागि कर्णाली यसभिएसले महानायक राजेश हमाललाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा अनुबन्धित गरेको छ ।
कर्णाली यसभिएसका व्यबस्थापक लोकेन्द्र गिरी र अभिनेता हमालबीच शनिबार सम्झैता पत्रमा हस्तक्षर भएको हो । कर्णाली यसभिएसले अभिनेता हमाल जस्तो दिग्गज व्यक्तिलाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा पाउनु गौरवको कुरा भएको बताए ।
त्यस्तै महानायक हमालले कर्णाली यसभिएसले नेपाली महिला खेलाडीहरुलाई हौसला प्रदान गर्ने अवसर दिनु भएकोमा खुशी व्यक्त गरे । हमालले आँफुले पनि जिवनका विभिन्न चरणमा भलिवल खेलेको स्मरण गर्दै भने भलीवल एउटा राष्ट्रिय खेल हो । यसका माध्यमबाट हाम्रा चेलीहरुले विश्वमा एउटा छुट्टै स्थान बनाउन सक्नेछन् । हमालले गत वर्षको च्याम्पियन टोली कर्णाली यसभिएसले यो वर्ष पनि बाजी मार्ने विश्वास व्यक्त गरे ।
कर्णाली यसभिएसले बिहिबार मात्रै प्रशिक्षकको रुपमा कुमार राई र मार्की खेलाडी सुमित्रा रेग्मीलाई यो वर्ष पनि निरन्तरता दिएको छ । पहिलो संस्करणको विजेता समेत रहेको कर्णालीले दोस्रो संस्करणमा मार्की खेलाडी सुमित्रा रेग्मीलाई निरन्तरता दिएको हो । दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग ईन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म हुनेछ ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण