काठमाडौं — जेनजी आन्दोलनसँग सम्बन्धित हायत होटल तोडफोड तथा प्राइड क्यासिनो लुटपाट र आगजनीमा संलग्न भएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिका–८ घर भइ काठमाडौंको बौद्ध बस्ने ३७ वर्षीय कुले (कुलध्वज) लामा र काभ्रेको रोसी गाउँपालिका–४ घर भइ बौद्ध बस्ने ३७ वर्षीय कोरियन (राकेश) लामा रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले भदौ २४ गते बौद्धस्थित हायत होटलमा तोडफोड गर्दै होटलभित्र रहेको प्राइड क्यासिनोमा लुटपाट र आगजनी गरेका थिए। जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले खोजतलास गर्दै हिजो शनिवार बौद्धबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरी प्रवक्ता एसपी पवन भट्टराईका अनुसार, कुलध्वज लामाविरुद्ध यसअघि विभिन्न मितिमा सार्वजनिक अपराध र हत्या प्रयास सम्बन्धी ५ वटा मुद्दा दर्ता भएका छन्। त्यस्तै, राकेश लामाविरुद्ध सार्वजनिक अपराध, अपहरण, शरीर बन्धक र अभद्र व्यवहार सम्बन्धी ७ वटा मुद्दा दर्ता भएका थिए।
उनीहरूविरुद्ध थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा
-
जेनजी आन्दोलनको एक वर्ष : उतारचढाव, स्थिरता र समृद्धिको नयाँ बाटो
-
कांग्रेसले सरकारलाई दियो १ करोड, बाढीपीडितको राहत र पुनर्स्थापनामा खर्च गर्न आग्रह