काठमाडौं — संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेसले २० जना समानुपातिक सांसदको नाम टुंगो लगाएको छ। आज बसेको बैठकले १५ महिला र ५ पुरुष सांसदको नाम फाइनल गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
नेपाली कांग्रेसले समानुपातिकतर्फ २० सीट जितेको छ। प्रतिनिधिसभा र राष्ट्रिय सभा गरी पार्टीका कुल ६२ सांसद हुनेछन्। चालिसेका अनुसार ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न समानुपातिकमा १५ महिला उम्मेदवार चयन गरिएको हो।
जातीय/साँस्कृतिक वितरण अनुसार, आदिवासी जनजातिबाट ६, खस–आर्यबाट ६, र थारु, दलित, मधेसी, मुस्लिम तथा पिछडिएका समूहबाट ५ सांसद चयन गरिएको छ।
-
चुनावी परिणामपछि प्रकाशचन्द्र दवाडीको सन्देश: गोरखाको विकासमा सधैँ साथ रहने प्रतिबद्धता
-
जहाँ संकट, त्यहाँ प्रेमः गोरखाको माटोले चिनेको एउटा निस्वार्थ नाम
-
गोरखा–२ मा कांग्रेस–प्रलोपा संयुक्त प्रचार, घरदैलो अभियान तीव्र
-
अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउन कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका चिकित्सक टोली उज्बेकिस्तान प्रस्थान
-
प्रधानमन्त्री कार्कीको अपिल- फागुन २१ गते अरू काम छाडेर भए पनि मतदान गर्नुस्