काठमाडौं, चैत ५ — प्रधानमन्त्री सुशीला कार्की आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत मुगु पुगेकी छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी कर्णाली प्रदेशका सुरक्षा निकायका प्रमुखहरूसँग भेटघाट तथा रारा तालको अवलोकनका लागि मुगुको गमगढी पुगेकी हुन्।
प्रधानमन्त्री कार्कीले आज मुगु र जुम्लाको भ्रमण सम्पन्न गरेपछि भोलि त्यहीँबाट जनकपुर जाने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा उनका प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद सुवेदी, आदर्शकुमार श्रेष्ठ तथा प्रेस सल्लाहकार रामबहादुर रावल लगायतको टोली पनि साथमा रहेको छ।
यसअघि, प्रधानमन्त्री कार्कीले हिजो बिहान पशुपतिनाथ मन्दिर मा दर्शन गरी रुद्राभिषेक पूजा गरेकी थिइन्। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा आराध्यदेव पशुपतिनाथप्रति धन्यवाद व्यक्त गर्दै उक्त पूजा गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी