काठमाडौं, चैत ५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोरखा–१ का सांसद सुधन गुरूङले निर्वाचनमा २१ लाख ८६ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा पेस गरेका छन्।
पेस गरिएको विवरणअनुसार उनले सबैभन्दा बढी ७ लाख ८६ हजार रुपैयाँ यातायात इन्धनमा खर्च गरेका छन्। त्यसैगरी प्रचारप्रसार सामग्रीमा ५ लाख ५२ हजार ५७५ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
यस्तै, खाना, खाजा तथा अस्थायी बसोबासमा ५ लाख रुपैयाँ, गोष्ठी तथा भेलामा १ लाख ५० हजार, मिडियामा १ लाख २४ हजार, मनोनयन दर्तामा १० हजार तथा नमूना मतपत्र छपाइमा ५० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।
सांसद गुरूङले नेपाली कांग्रेसका उम्मेदवार प्रेम खत्री लाई पराजित गर्दै फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा विजय हासिल गरेका थिए।
यसैबीच, उनले सांसद भएबापत प्राप्त हुने सेवा–सुविधा नलिने घोषणा पनि गरेका छन्।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी