६ चैत, काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ। ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा केहीबेर अघिबाट बैठक प्रारम्भ भएको हो।
पार्टीका एक पदाधिकारीका अनुसार आजको बैठकका लागि दुई प्रमुख एजेन्डा तय गरिएको छ। बैठकमा हालै सम्पन्न निर्वाचनको प्रारम्भिक समीक्षा तथा सभापति गगन थापा ले उपसभापतिमार्फत दिएको राजीनामाबारे छलफल हुनेछ।
थापाले उपसभापति विश्वप्रकाश शर्मा लाई राजीनामा बुझाएका थिए। यद्यपि, उनी स्वयं भने बैठकमा उपस्थित भएका छैनन्।
पार्टी महामन्त्री गुरुराज घिमिरे का अनुसार बैठक आज वा भोलिसम्ममा सकिनेछ। बैठकले सभापतिको राजीनामाबारे आवश्यक निर्णय लिने उनले जानकारी दिए।
“यो बैठक आज या भोलि नै सकिन्छ। बैठकले सभापतिको राजीनामाबारे आवश्यक निर्णय लिन्छ,” उनले भने, “अर्को बैठकले नियमित महाधिवेशनको मिति घोषणा गर्नेछ।”
उक्त राजीनामा बैठकमा प्रस्तुत गर्ने र अस्वीकृत प्रस्ताव अघि सार्ने तयारी उपसभापति शर्माले गरिरहेका छन्।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी