logo

शनिबार, चैत्र ६ २०८२

kantipurpationlinetv

२०८२ चैत्र ६ शनिबार

हावाहुरीसहितको वर्षाले काठमाडौं उपत्यका अस्तव्यस्त

हावाहुरीसहितको वर्षाले काठमाडौं उपत्यका अस्तव्यस्त


  • शुक्रबार, चैत्र ५ २०८२
  • 3K
    SHARES

    ६ चैत, काठमाडौं । शुक्रबार देशको पश्चिमी क्षेत्रबाट सक्रिय भएको मनसुनका कारण काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा हावाहुरीसहित भारी वर्षा भएको छ ।

    मौसम विज्ञान विभागका अनुसार लुम्बिनी प्रदेशका बाँके, दाङ, कपिलवस्तु र रुपन्देही लगायत जिल्लामा तीव्र हावाहुरी र वर्षा भएको थियो । हावाहुरी र घना बादलका कारण लुम्बिनी क्षेत्रमा दिउँसै अँध्यारो भएको देखिएको थियो भने बजार क्षेत्रमा सवारी साधनहरू बत्ती बालेर सञ्चालन गर्नुपरेको अवस्था थियो ।

    यसैगरी, काठमाडौं उपत्यकामा पनि हावाहुरीसहित वर्षा हुँदा जनजीवन प्रभावित बनेको छ । वर्षापछि सडकहरू हिलोम्यालो भएका छन् भने केही स्थानमा यातायात आवागमनसमेत प्रभावित भएको छ ।

    अचानक आएको मौसम परिवर्तनले सर्वसाधारणलाई दैनिक कार्यमा असहजता भएको छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech