६ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित समानुपातिक सांसद अर्जुननरसिंह केसी ले संसदीय दलको नेतामा आफ्नो दाबेदारी रहने बताएका छन्।
शुक्रबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकका लागि सानेपा स्थित कार्यालय पुगेका केसीले सञ्चारकर्मीसँग कुरा गर्दै आफू स्वाभाविक रूपमा दलको नेताको दाबेदार रहेको उल्लेख गरे।
उनले आफू संसदीय दलका सबैभन्दा सिनियर नेता भएको दाबी गर्दै लामो संसदीय अनुभव र योगदानका आधारमा नेतृत्वका लागि योग्य रहेको बताए। “संसदीय दलको नेतामा स्वतः दाबी हुन्छ। म सबैभन्दा सिनियर नेता हुँ,” केसीले भने, “२०४७ सालदेखि संसदमा कांग्रेसलाई धानेर ल्याउनेमध्ये म पनि हुँ।”
यद्यपि, उनले दलको नेता चयन सहमतिपूर्ण ढंगले हुनुपर्नेमा जोड दिएका छन्। “सहमतिपूर्ण ढंगले नै निष्कर्ष निस्कियोस् भन्ने चाहना छ,” उनले भने।
-
यात्रु सेवामा दिनरात खटिँदै गोरखा दरौँदी यातायातका अध्यक्ष दिपक बोहोरा
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
दसैँ मनाउन घर फर्किनेको लर्को, नयाँ बसपार्कदेखि कलंकीसम्म चहलपहल
-
चाँगुनारायण नगरपालिकाद्वारा बजार अनुगमन, नियमविपरीत कार्य गर्ने पसललाई जरिवाना
-
सन्तोष परियारको दशैंको मर्मस्पर्शी गीत ‘लाहुरेको दशैं तिहार’ले रुवायो दर्शक