६ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित समानुपातिक सांसद अर्जुननरसिंह केसी ले संसदीय दलको नेतामा आफ्नो दाबेदारी रहने बताएका छन्।
शुक्रबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकका लागि सानेपा स्थित कार्यालय पुगेका केसीले सञ्चारकर्मीसँग कुरा गर्दै आफू स्वाभाविक रूपमा दलको नेताको दाबेदार रहेको उल्लेख गरे।
उनले आफू संसदीय दलका सबैभन्दा सिनियर नेता भएको दाबी गर्दै लामो संसदीय अनुभव र योगदानका आधारमा नेतृत्वका लागि योग्य रहेको बताए। “संसदीय दलको नेतामा स्वतः दाबी हुन्छ। म सबैभन्दा सिनियर नेता हुँ,” केसीले भने, “२०४७ सालदेखि संसदमा कांग्रेसलाई धानेर ल्याउनेमध्ये म पनि हुँ।”
यद्यपि, उनले दलको नेता चयन सहमतिपूर्ण ढंगले हुनुपर्नेमा जोड दिएका छन्। “सहमतिपूर्ण ढंगले नै निष्कर्ष निस्कियोस् भन्ने चाहना छ,” उनले भने।
-
कलाकार लोमस शर्माद्वारा लिखित ‘शक्ति’ पुस्तक विमोचन
-
ककनी गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई बिदा भए, तीन वर्षे कार्यकालको योगदानको प्रशंसा
-
जन्मदिनमा फजुल खर्च कटाएर मानव सेवा आश्रमका वृद्धवृद्धालाई भोजन गराइन् गायिका मधु रसाइलीले
-
गोरखाली गायक पारस राज अधिकारीको नयाँ तीज गीत ‘मुस्काउँदा मुसुक्क’ सार्वजनिक
-
विद्यार्थीमा डिजिटल सीप विकास गर्न लुईटेलमा आईसीटी तथा एआई बुटक्याम्प सुरु