काठमाडौँ — प्रतिनिधिसभाका ६३ जना सांसदले नेपाली बाहेक आफ्नै मातृभाषामा शपथ लिने भएका छन्।
संघीय संसद् सचिवालयका अनुसार ती सांसदहरूले इमेल तथा भौतिक रूपमा उपस्थित भएर मातृभाषामा शपथ लिने जानकारी गराएका हुन्।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज दिउँसो २ बजे हुँदैछ। शपथ अर्जुननरसिंह केसीले गराउनेछन्, जो प्रतिनिधिसभाका ज्येष्ठ सदस्य हुन्।
सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुई–दुई प्रति सहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन सांसदहरूलाई आग्रह गरेको छ।
इतिहास हेर्दा २०६३ सालको अन्तरिम संसद्मा ५८ जनाले विभिन्न मातृभाषामा शपथ लिएका थिए। गणतन्त्रपछि भने यो संख्या बढ्दो क्रममा देखिएको छ। २०६४ को संविधानसभामा २६४ जनाले आफ्ना मातृभाषामा शपथ लिएका थिए भने २०७० मा ३५, २०७४ मा ४६ र २०७९ सालमा २८ सांसदले नेपाली बाहेकका भाषामा शपथ लिएका थिए।
मैथिली, भोजपुरी, मगर, गुरुङ, नेवारी, तामाङ, लिम्बु, राई, थारू, शेर्पा, उर्दू लगायत विभिन्न मातृभाषामा शपथ लिने परम्परा विस्तार हुँदै गएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी