काठमाडौँ — गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा एउटै व्यक्तिमाथि कारबाही र पुरस्कार दुवै सिफारिस गरिएको भेटिएको छ।
आन्दोलनका क्रममा प्रहरी प्रधान कार्यालयको कार्य विभाग (हाल प्रहरी एकेडेमी) मा कार्यरत एआईजी सिद्धिविक्रम शाहलाई आयोगले एकातिर पुरस्कृत गर्नुपर्ने र अर्कोतर्फ कारबाही गर्नुपर्ने सिफारिस गरेको हो।
प्रतिवेदनको पृष्ठ ६८९ मा एआईजी शाहले २४ भदौमा टंगालस्थित भाटभटेनी र नक्लासको हिल्टन होटलमा आगजनीपछि प्रहरी प्रधान कार्यालयमाथि आक्रमण हुन नदिई नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनलाई पुरस्कृत गर्नुपर्ने औंल्याइएको छ। प्रतिवेदनमा उनले आक्रमणकारीलाई मूल गेटभित्र प्रवेश गर्न नदिई प्रहरी प्रधान कार्यालय सुरक्षित राख्न सफल भएको उल्लेख गरिएको छ।
तर सोही प्रतिवेदनको पृष्ठ ७२५ मा भने एआईजी शाहलाई विभागीय कारबाहीका लागि पनि सिफारिस गरिएको छ। कर्तव्य पालनामा देखिएको कमजोरी तथा उनले निर्वाह गरेको भूमिकाका आधारमा कारबाही गर्नुपर्ने उल्लेख गरिएको छ।
आयोगले प्रहरी ऐन २०१२को दफा ९ को उपदफा (४) तथा प्रहरी नियमावलीको नियम १०९ अनुसार कारबाही गर्न सिफारिस गरेको जनाएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण