काठमाडौं: गत २१ फागुनमा सम्पन्न निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ। बिहीबार बसेको पहिलो बैठकमा नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराएका हुन्। संघीय संसद् सचिवालयले दलहरूको सिट संख्याका आधारमा बस्ने व्यवस्था मिलाएको जनाएको छ।
जसअनुसार नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरूलाई एउटै लहरमा बस्नेगरी सिट मिलाइएको छ। सोही व्यवस्था अनुसार तीनै दलका सांसदहरूले एउटै लहरमा बसेर शपथ ग्रहण गरेका हुन्।
शपथलगत्तै संघीय संसद् सचिवालयले प्रत्येक सांसदलाई एक–एक वटा झोला उपलब्ध गराएको छ। उक्त झोलामा संविधान, प्रतिनिधि सभा नियमावली तथा संयुक्त बैठक सञ्चालन नियमावली राखिएको छ।
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण
-
रास्वपाको गोरखाका सबै पालिकामा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशन जेठ २४ मा