१२ चैत, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीअनुसार कुनै एक दलको बहुमत आउँदैन भन्ने धारणा गलत सावित भएको बताएकी छन्।
बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै उनले संविधानअनुसारको निर्वाचन प्रणालीले बहुमत असम्भव भन्ने भाष्यलाई खण्डन गरेको उल्लेख गरिन्। ‘यो संविधानमा भएको निर्वाचन प्रणालीले कुनै दलले बहुमत प्राप्त गर्न सक्दैन भन्ने भाष्यलाई समेत गलत सावित गरिदिएको छ,’ उनले भनिन्।
प्रधानमन्त्री कार्कीले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई बधाइ दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छन्।
उनले युवाको नेतृत्वमा बन्न लागेको नयाँ सरकारले जेनजी आन्दोलनका माग तथा आकांक्षाअनुसार सुशासन, रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, आर्थिक विकास र सामाजिक न्यायका क्षेत्रमा परिणाममुखी काम गर्ने विश्वास व्यक्त गरिन्।
-
आयुक्त बन्ने आकांक्षाले पूर्व एआईजी शर्माले गरे प्रहरीमाथि कारबाही
-
अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउन कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका चिकित्सक टोली उज्बेकिस्तान प्रस्थान
-
तालपोखरी जात्रा २०८२ हुदै: २१ औं खुल्ला भलिबल प्रतियोगिता मुख्य आकर्षण
-
कान्तिपुर डेन्टल हस्पिटल र नेपाल मगर महिला संघको स्वास्थ्य सहकार्य
-
कान्तिपुर जनरल हस्पिटलद्वारा एकीकृत समृद्धि नेपाललाई आर्थिक सहयोग