गोरखा — उत्तरी गोरखाको पाङसिङ गाउँमा डढेलो नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। चुमनुब्री गाउँपालिकाको आयोजना तथा मनास्लु संरक्षण क्षेत्र आयोजना को समन्वयमा बिहीबार कार्यक्रम गरिएको हो।
कार्यक्रम जलवायु परिवर्तन न्यूनीकरण र जैविक विविधता संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए। उनका अनुसार करिब २०० घरधुरी रहेको पाङसिङ गाउँमा भेडापालन गर्नेको संख्या बढी रहेको र डढेलोको उच्च जोखिम पनि रहेकाले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो।
एकदिने कार्यक्रममा गाउँका स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए। कार्यक्रममा आमा समूह, वन व्यवस्थापन समितिका सदस्य, वडा समिति तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
सचेतना कार्यक्रममा गाउँपालिका अध्यक्ष लामा, प्रमुख प्रशासकीय अधिकृत लामिछाने तथा संरक्षण अधिकृत भुवनराज ओझाले सहजीकरण गरेका थिए।
यसै अवसरमा मनास्लु संरक्षण क्षेत्र आयोजनाले डढेलो नियन्त्रण तथा अनुगमनका लागि खरिद गरेको ड्रोनको परीक्षण उडानसमेत गरिएको संरक्षण अधिकृत ओझाले जानकारी दिए।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी