गोरखा — भिमसेनथापा गाउँपालिकामा जनप्रतिनिधि, कर्मचारी तथा शिक्षासँग सम्बन्धित सरोकारवालालाई लक्षित गर्दै सकारात्मक सोच, उत्प्रेरणा तथा क्षमता विकाससम्बन्धी दुईदिने कार्यक्रम सुरु भएको छ।
गाउँपालिकाको आयोजनामा सुरु भएको उक्त कार्यक्रम दुई दिनसम्म सञ्चालन हुने जनाइएको छ। कार्यक्रममा पालिका अध्यक्ष लोक प्रसाद बन्जरा, उपाध्यक्ष अमृतादेवी भट्ट तथा प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारी लगायतको उपस्थिति रहेको छ।
कार्यक्रममा पालिकाका जनप्रतिनिधि, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्राध्यापकहरूको सहभागिता रहेको छ। सहभागीहरूलाई सकारात्मक सोच विकास, कार्यप्रेरणा अभिवृद्धि तथा प्रभावकारी सेवा प्रवाहका विषयमा प्रशिक्षण प्रदान गरिनेछ।
कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्दै यस्ता कार्यक्रमले जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धि गरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले सिकेका ज्ञान र सीपलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए।
उक्त कार्यक्रममा प्रशिक्षक रामजी अधिकारीले सहजीकरण गरिरहेका छन्। कार्यक्रममा नेतृत्व विकास, जिम्मेवारीबोध तथा कार्यसम्पादन सुधारका विषयमा केन्द्रित प्रशिक्षण दिइने जनाइएको छ।
यस्ता कार्यक्रममार्फत स्थानीय तहमा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै सुशासन प्रवर्द्धन गर्ने लक्ष्य गाउँपालिकाले लिएको जनाएको छ।

-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी