गोरखा — सिरानचोक गाउँपालिकाले सञ्चालन गरेको तीन महिने “जिविकोपार्जन सुधार तथा आर्थिक विकास” सम्बन्धी तालिम सम्पन्न भएको छ।
कुमाल समुदायको बाहुल्यता रहेको वडा नम्बर ४, चोरकाटेमा सञ्चालन गरिएको उक्त तालिममा सहभागीहरूले माटोबाट विभिन्न किसिमका भाँडा-कुँडा तथा अन्य सामग्री उत्पादन गर्न सिकेका छन्। गाउँपालिकाका अनुसार तालिमको मुख्य उद्देश्य स्थानीय बासिन्दालाई रोजगारीको अवसरसँग जोड्दै आत्मनिर्भर र स्वावलम्बी बनाउनु हो।
पौष महिनादेखि सुरु भएको तालिम चैत २० गते गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले औपचारिक रूपमा समापन गरेका हुन्।
समापन कार्यक्रममा उपाध्यक्ष रिता देवकोटा, प्रमुख प्रशासकीय अधिकृत ठाकुर प्रसाद अर्याल, वडा नम्बर ४ का वडाअध्यक्ष भरत हमाल लगायत जनप्रतिनिधि, कर्मचारी र स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो।
गाउँपालिकाले यस्ता सीपमूलक तालिमहरूले स्थानीय स्तरमै आयआर्जनका अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरेको छ।

-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी