मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम अन्तर्गत भिमसेनथापा गाउँपालिकाले सञ्चालन गरेको ‘बाँझो जमिनमा फुलखेती’ अभियानले यस वर्ष उल्लेखनीय सफलता हासिल गरेको छ।
गाउँपालिकाका विभिन्न कृषक, समूह, फर्म, क्लब तथा विद्यालयहरूको सक्रिय सहभागितामा उत्पादन गरिएको सयपत्री फूल अहिले बिक्रीका लागि उपलब्ध भएको छ। तिहार पर्व नजिकिँदै गर्दा गाउँपालिकाले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले फूल बिक्री सुरु गरेको हो।
गाउँपालिकाले सबैलाई स्थानीय किसानको मेहनतको कदर गर्दै आफ्नै गाउँमा उत्पादन भएको सयपत्री फूल प्रयोग गर्न आग्रह गरेको छ।
कार्यक्रमको उद्देश्य बाँझो जमिनलाई उपयोगमा ल्याउँदै रोजगारी सिर्जना गर्नु र स्थानीय आत्मनिर्भरता बढाउनु रहेको गाउँपालिकाले जनाएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण