गोरखा — चुमनुव्री गाउँपालिकामा कम्युनिटी एक्शन नेपाल (CAN) का स्वास्थ्यकर्मीहरूका लागि सात दिने ‘क्लिनिकल अपडेट ट्रेनिङ’ तथा स्थानीय परियोजना सल्लाहकार समिति (LPAC) बैठक सम्पन्न भएको छ।
CAN UK का प्रतिनिधि मुरारी गौतमले CAN को आगामी कार्यक्रम तथा गतिविधिबारे प्रस्तुति दिनुभएको थियो। उक्त तालिमले स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कम्युनिटी एक्शन नेपालले चुमनुव्री गाउँपालिकामा विगत २३ वर्षदेखि स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। गाउँपालिकाले यस योगदानप्रति आभार व्यक्त गरेको छ।
गाउँपालिका अध्यक्ष निमा लामाले CAN ले लामो समयदेखि स्थानीय तहको विकासमा पुर्याएको योगदान सराहनीय रहेको बताउँदै आगामी दिनमा पनि सहकार्य निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण