आरुघाट गाउँपालिका–६ स्थित अलैछे माध्यमिक विद्यालयमा बृहत् एकीकृत स्वास्थ्य शिविर सम्पन्न भएको छ। आरुघाट गाउँपालिका, प्रादेशिक रोग नियन्त्रण केन्द्र पोखरा, प्रदेश अस्पताल गोरखा, आँपपिपल अस्पताल गोरखा, प्रदेश जनस्वास्थ्य कार्यालय गोरखा र प्रदेश आयुर्वेद केन्द्र गोरखाको संयुक्त आयोजनामा चैत्र २० र २१ गते दुई दिन सञ्चालन गरिएको शिविरमा कुल ५३९ जनाले सेवा लिएका छन्।
शिविरअन्तर्गत ५२७ जनाको रक्त नमूना सङ्कलन गरिएको थियो भने ४७९ जनाको आर्टिफिसियल इन्टेलिजेन्स (AI–X-ray) प्रविधिबाट छातीसम्बन्धी रोगको परीक्षण गरिएको छ। क्षयरोग शङ्कास्पद १२ जनाको खकार नमूना सङ्कलन गरी जीन–एक्सपर्ट परीक्षणका लागि उच्चस्तरीय प्रयोगशालामा पठाइएको आयोजकले जनाएको छ। परीक्षणका क्रममा ५ जनामा क्षयरोग पुष्टि भई उपचार सुरु गरिएको छ।
त्यसैगरी शिविरमा ५३ जनाले दन्त सेवा तथा १७० जनाले आँखा सेवा लिएका छन्। जसमध्ये १२ जनामा मोतियाविन्दुको शल्यक्रिया आवश्यक देखिएको छ। १०८ जनामा पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको थियो भने १९४ जनामा छाला तथा कुष्ठ रोग परीक्षण गरिएको छ।
मनोसामाजिक सेवाअन्तर्गत ४२० जनालाई परामर्श प्रदान गरिएकोमा २६ जनालाई थप परामर्श आवश्यक देखिएको छ। साथै आत्महत्या सोचाइ भएका १० जनालाई
विशेष परामर्श सेवा दिइएको आयोजकले जानकारी दिएको छ।
शिविरको पहिलो दिन विभिन्न स्वास्थ्य परीक्षणहरू (रक्त परीक्षण, एआई एक्सरे, आँखा, दाँत, छाला तथा कुष्ठ रोग परीक्षण, पाठेघर परीक्षण, मनोसामाजिक परामर्श तथा उचाइ–तौल मापन गरी बीएमआई निर्धारण) गरिएको थियो। दोस्रो दिन परीक्षण रिपोर्ट वितरण, चिकित्सकद्वारा परामर्श, योग, ध्यान तथा स्वस्थ जीवनशैलीसम्बन्धी जानकारी प्रदान गरिएको थियो।
उक्त शिविर सञ्चालनमा सहयोग गर्ने प्रादेशिक रोग नियन्त्रण केन्द्र पोखरा, प्रदेश अस्पताल गोरखा, आँपपिपल अस्पताल गोरखा, प्रदेश जनस्वास्थ्य कार्यालय गोरखा तथा प्रदेश आयुर्वेद केन्द्र गोरखालाई आयोजकले धन्यवाद ज्ञापन गरेको छ।


-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण