गोरखा — गोरखाको धार्चे गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ। गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार युवाहरूलाई लक्षित गर्दै कक्षा सञ्चालन गर्न लागिएको हो।
गाउँपालिकाद्वारा प्रकाशित सूचनाअनुसार संघ, प्रदेश तथा स्थानीय तहका चौथो र पाँचौँ तहका साथै शिक्षक सेवा आयोगका परीक्षाको तयारीका लागि उक्त कक्षा सञ्चालन गरिनेछ। कक्षा अनलाइन माध्यमबाट सञ्चालन गरिने जनाइएको छ।
कक्षामा सहभागी हुन इच्छुक उम्मेदवारले न्यूनतम एसईई वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै पुरुषका हकमा १८ वर्ष पूरा भई ३२ वर्ष ननाघेको र महिलाका हकमा ३७ वर्ष ननाघेको उमेर सीमा तोकिएको छ।
गाउँपालिकाले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन दिन आग्रह गरेको छ। आवेदन वडा कार्यालय, गाउँपालिकाको प्रशासन शाखा वा इमेलमार्फत पेश गर्न सकिने जनाइएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतका अनुसार दुर्गम क्षेत्रका युवाहरूलाई लक्षित गरी यो कार्यक्रम ल्याइएको हो। “लोकसेवा तयारीका लागि अवसरको पहुँच सबैसम्म पुगोस् भन्ने उद्देश्यले निःशुल्क कक्षा सञ्चालन गर्न लागिएको हो,” उनले भने।
त्यस्तै गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङले यस कार्यक्रमले स्थानीय युवाहरूलाई प्रतिस्पर्धात्मक परीक्षामा सहभागी हुन थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन्। “युवाहरूलाई सक्षम र प्रतिस्पर्धी बनाउने दिशामा यो महत्वपूर्ण पहल हो,” उनले भनिन्।
स्थानीय तहबाट निःशुल्क रूपमा लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागिएको यो पहलले दुर्गम क्षेत्रका युवाहरूलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।

-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण