गोरखा — आँपपिपल अस्पतालको स्तरोन्नति तथा सेवा विस्तारका विषयमा महत्त्वपूर्ण छलफल भएको छ। सोमबार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती देवी पाठकको संयोजकत्वमा बसेको बैठकले अस्पतालको दीर्घकालीन विकासका लागि विस्तृत परियोजना प्रतिवेदन डिपिआर (DPR) तयार गर्ने निर्णय गरेको हो।
बैठकमा पालुङटार नगरपालिकाका वडा नं. १ देखि १० सम्मका वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले अस्पतालको भौतिक पूर्वाधार सुदृढीकरण, सेवा सुविधाको विस्तार तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि डिपिआर अपरिहार्य रहेकोमा जोड दिएका थिए।
डिपिआर तयारीका लागि आवश्यक बजेट व्यवस्थापन गर्न स्थानीय तहसँग समन्वय गर्ने सहमति समेत बैठकले गरेको छ।
यसैबीच, अस्पतालबाट सञ्चालन हुँदै आएको बस सेवाको प्रभावकारिताबारे पनि समीक्षा गरिएको छ। सेवा अझ प्रभावकारी बनाउन रुट विस्तार गर्ने प्रस्तावमाथि छलफल भएको जनाइएको छ। आगामी दिनमा पालुङटार नगरपालिकाका सबै वडामा स्वास्थ्य सेवा पहुँच विस्तार गर्ने लक्ष्य लिइएको छ।
बैठकमा सहभागीहरूले अस्पतालको स्तरोन्नति र सेवा विस्तारले स्थानीय नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्। 
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी