गोर्खा: गोरखाको चुमनुब्री गाउँपालिका अन्तर्गत पर्ने बेनीघाट–आरुघाट–लार्केञ्ज्याङ सडक खण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। गाउँपालिकाको वडा नं. ४ स्थित कालो भिर क्षेत्रमा आएको पहिरोका कारण यातायात पूर्ण रूपमा प्रभावित बनेको हो।
पहिरोका कारण दैनिक उपभोग्य सामग्री ढुवानी, निर्माण सामग्री ओसारपसार तथा स्थानीय बासिन्दाको आवतजावतमा समस्या उत्पन्न भएको गाउँपालिकाले जनाएको छ। साथै चालु आर्थिक वर्षभित्र सम्पन्न गर्नुपर्ने विकास योजनाहरूमा समेत असर पर्ने देखिएको उल्लेख गरिएको छ।
यसैबीच गाउँपालिका अध्यक्ष निमा लामाले नेपाली सेना अन्तर्गत रहेको बेनीघाट–आरुघाट–लार्केञ्ज्याङ सडक निर्माण कार्यदललाई तत्काल पहिरो हटाई सडक सुचारु गराउन आग्रह गरेका छन्।
उनले सम्बन्धित निकायलाई छिटो मर्मत तथा सरसफाइ गरी सर्वसाधारणको आवतजावत सहज बनाउन निर्देशन दिएका छन्।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी